Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालिन्चोक हाइड्रोपावर लिमिटेड को १३ लाख ७५ हजार कित्ता आईपीओ बिक्रीमा

काठमाडौं - कालिन्चोक हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि १३ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले फागुन १३ गतेदेखि १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन प्रक्रिया…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – कालिन्चोक हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि १३ लाख ७५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले फागुन १३ गतेदेखि १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन प्रक्रिया सुरु गरेको हो।

जारी गरिएको कुल शेयरमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु नगरपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का बासिन्दाका लागि छुट्याइएको छ। त्यस्तै ८२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीले ‘केयर एनपी डबल बी (BB)’ रेटिङ प्राप्त गरेको जनाएको छ, जसले औसत जोखिम स्तर जनाउने गर्दछ।

स्थानीय समुदाय र विदेशमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्दै पूँजी विस्तार गर्ने उद्देश्यले आईपीओ निष्काशन गरिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/