spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तकेन्द्रीय बैंकनिर्वाचनका कारण मुद्रास्फीति बढ्ने अनुमान : नेपाल राष्ट्र बैंक

निर्वाचनका कारण मुद्रास्फीति बढ्ने अनुमान : नेपाल राष्ट्र बैंक

काठमाडौं — आगामी निर्वाचनका क्रममा हुने आर्थिक गतिविधिका कारण मुद्रास्फीति केही बढ्ने अनुमान नेपाल राष्ट्र बैंक ले गरेको छ। मौद्रिक नीति २०८२/८३ को अर्धवार्षिक समीक्षामार्फत केन्द्रीय बैंकले हाल मुद्रास्फीति न्यून अवस्थामा रहे पनि बढ्दो विप्रेषण आप्रवाह र निर्वाचन केन्द्रित खर्चका कारण समष्टिगत माग विस्तार भई मूल्यस्तरमा दबाब पर्न सक्ने उल्लेख गरेको हो।

राष्ट्र बैंकका अनुसार निर्वाचन अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचार–प्रसार, ढुवानी, निर्माण तथा सेवा क्षेत्रसँग सम्बन्धित खर्च बढ्ने भएकाले बजारमा नगद प्रवाह तीव्र हुन्छ। यसले उपभोग र समष्टिगत माग बढाई मुद्रास्फीति केही माथि लैजान सक्ने आकलन गरिएको छ।

यसैबीच, सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। बाह्य क्षेत्र सुदृढ बन्दै गए पनि आन्तरिक उत्पादन तथा पुँजीगत खर्च अपेक्षाअनुसार विस्तार हुन नसक्दा वृद्धिदर सीमित हुने देखिएको हो।

राष्ट्र बैंकले भने वित्तीय क्षेत्रमा हाल न्यून ब्याजदर, उच्च तरलता तथा पर्याप्त विदेशी मुद्रा सञ्चिति कायम रहेकाले लगानी विस्तारमार्फत दिगो तथा फराकिलो आर्थिक वृद्धि हासिल गर्ने आधार तयार भएको जनाएको छ। साथै, वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनले वित्तीय प्रणालीलाई थप सुदृढ, सबल, समावेशी र उत्थानशील बनाउने विश्वास व्यक्त गरिएको छ।

केन्द्रीय बैंकले आगामी दिनमा मूल्य स्थिरता कायम राख्दै आर्थिक गतिविधि सन्तुलित रूपमा विस्तार गर्ने दिशामा मौद्रिक उपकरण प्रयोग गरिने स्पष्ट पारेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here