spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजार२१.६२ अंकले उकालो लाग्यो नेप्से

२१.६२ अंकले उकालो लाग्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन बढ्दै मंगलबार २१.६२ अंकले उकालो लागेर २,६३८.६० विन्दुमा बन्द भएको छ।

मुख्य परिसूचकसँगै अन्य सूचकहरू पनि हरियालीमा रहे। सेन्सेटिभ इन्डेक्स २.३१ अंकले बढ्दा फ्लोट इन्डेक्स १.४० अंकले माथि चढ्यो। त्यस्तै सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ०.९० अंकले सुधारिएको छ।

बजार बढे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट देखियो। यस दिन ३२८ वटा कम्पनीका ४९ हजार ९३ वटा कारोबारबाट ९३ लाख ६४ हजार कित्ता शेयर किनबेच भए। कुल कारोबार रकम ४ अर्ब २३ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो दिनको ५ अर्ब १३ करोड रुपैयाँभन्दा कम हो।

आज केही कम्पनीका शेयरमा उल्लेखनीय वृद्धि देखियो। साल्पा विकास बैंकको शेयर सकारात्मक सर्किट लाग्दै ४३ रुपैयाँ ९० पैसाले बढेर ४८३ रुपैयाँ १० पैसामा पुगेको छ। रिलायन्स स्पिनिङ मिल्स र हिमालयन पावर पार्टनरको शेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। सागर डिस्टिलरीको मूल्य करिब ९ प्रतिशतले बढेको छ। घट्ने शेयरहरू भने ४ प्रतिशतभन्दा कम दायरामा सीमित रहे।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल अग्रस्थानमा रह्यो, जसको करिब ३७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। आँखुखोला जलविद्युतमा करिब २४ करोड ५० लाख रुपैयाँ र राधी पावरमा १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसूचकतर्फ सबै १३ समूहमा वृद्धि देखियो। होटल तथा पर्यटन समूह सर्वाधिक २.०२ प्रतिशतले बढ्दा विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार समूहमा पनि १ प्रतिशतभन्दा बढीको सुधार देखिएको छ। लगातार दोस्रो दिनको वृद्धिसँगै बजारमा लगानीकर्ताको मनोबल केही सुदृढ भएको आकलन गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here