Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि आर्थिक सहयोग अपिल

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले गम्भीर घुँडाको चोट उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी भण्डारीको घुँडाको एसीएलमा हालिएको पुरानो ग्राफ्ट र…


विज्ञापनAdvertisement Banner
2 min read

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले गम्भीर घुँडाको चोट उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी भण्डारीको घुँडाको एसीएलमा हालिएको पुरानो ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन्। पुनः जटिल शल्यक्रिया र लामो रिह्याब आवश्यक पर्ने भएकाले करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

यसअघि उनको उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग गरेको भए पनि यसपटक अपेक्षित प्रशासनिक सहयोग नपाएको उनले उल्लेख गरेकी छन्। एन्फा अध्यक्षले नगद ५ लाख रुपैयाँसम्म सहयोग गर्ने बताएको तर अन्य प्रक्रिया आफैं गर्नुपर्ने जानकारी दिएको उनले सार्वजनिक सन्देशमार्फत जनाएकी छन्।

हाल उनी न्युजिल्यान्डमा रहेकी छन्। क्लबले स्थानीय अस्पतालमा उपचारको प्रस्ताव गरे पनि भण्डारीले यसअघि उपचार गराएको कतारस्थित Aspetar मै उपचार गराउने इच्छा व्यक्त गरेकी छन्। क्लबबाट बीमा रकम उपलब्ध गराइने भए पनि शल्यक्रिया र ७–८ महिनाको पुनर्स्थापनाका लागि अपुग हुने भन्दै उनले स्वदेश तथा विदेशमा रहेका समर्थकसमक्ष सहयोगको आह्वान गरेकी छन्।

“थाकेको हो, हारेको छैन,” भन्दै उनले पुनः नेपालको जर्सी लगाएर मैदान फर्कने प्रतिबद्धता जनाएकी छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/