Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तुलसा अधिकारी विरुद्ध ठगी, एक्सटर्सन र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं – चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारी विरुद्ध ठगी, आपराधिक लाभ (एक्सटर्सन) तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। २०८२ साउन २२ गते कुमार चिमोरियाले दर्ता गराएको उजुरीका…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – चर्चित टिकटकर तथा आभूषण व्यवसायी तुलसा अधिकारी विरुद्ध ठगी, आपराधिक लाभ (एक्सटर्सन) तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

२०८२ साउन २२ गते कुमार चिमोरियाले दर्ता गराएको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर ले ठगी र आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ। सोही क्रममा २०८१ फागुन १९ मा दर्ता भएको अर्को उजुरीका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुरले पनि अनुसन्धान अगाडि बढाएको खुलेको छ।

प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३ उपदफा (१) बमोजिम निषेधित क्रियाकलापअन्तर्गत प्राप्त सम्पत्तिको रुपान्तरण, हस्तान्तरण लगायतका विषयमा तथ्यपरक आधार र प्रमाण संकलन भइरहेको छ।

हाल तुलसा अधिकारीमाथि ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण कसुरमा समन्वयात्मक रूपमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। अनुसन्धान प्रभावित पार्ने किसिमका फोटो, भिडियो वा भ्रामक सूचना सामाजिक सञ्जालमा नप्रसारण गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

कानून बमोजिमको अनुसन्धान प्रक्रियामा सम्बन्धित निकायमा उपस्थित भई आफ्ना धारणा राख्न समेत जिल्ला प्रहरी परिसर ललितपुरले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/