spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारअपराधदुबईमा उच्च शिक्षाको प्रलोभन देखाएर ठगी: पाँच कन्सल्टेन्सी सञ्चालक पुर्पक्षका लागि कारागार...

दुबईमा उच्च शिक्षाको प्रलोभन देखाएर ठगी: पाँच कन्सल्टेन्सी सञ्चालक पुर्पक्षका लागि कारागार चलान

काठमाडौं। नेपाली विद्यार्थीलाई युएईको दुबई सहरमा उच्च शिक्षाको नाममा पठाइदिने भन्दै लाखौँ रुपैयाँ असुली ठगी गरेको आरोपमा पक्राउ परेका पाँच जना शिक्षा कन्सल्टेन्सी सञ्चालकलाई काठमाडौं जिल्ला अदालतले आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धान अनुसार उनीहरूले प्रतिष्ठित कलेजमा भर्ना गराइदिने तथा त्यहाँबाट फ्रान्स र अष्ट्रेलियाका विश्वविद्यालयमा ‘क्रेडिट ट्रान्सफर’ मिलाइदिने प्रलोभन देखाएर प्रतिव्यक्ति ८ लाखदेखि २२ लाख रुपैयाँसम्म उठाएको खुलेको छ।

कारागार चलान हुनेमा बेस्ट पाथ एजुकेसन प्रालिका सञ्चालक कृष्ण थापा, मर्सी एजुकेशन कन्सल्टेन्सीका सञ्चालक रामचन्द्र टण्डन, कान्तिपुर अब्रोड एजुकेशनका मालिक दामोदर ढकाल, सोही कम्पनीका हेमराज भट्ट र सिटीहब एजुकेशन नेटवर्कका सुवाश सिलवाल क्षेत्री रहेका छन्। कान्तिपुर अब्रोड एजुकेशनका सञ्चालक ठाकुरप्रसाद ढुंगानालाई फरार प्रतिवादी बनाएर अभियोगपत्र दायर गरिएको छ भने मर्सी एजुकेशनका अर्का सञ्चालक प्रविना रावल पनि फरार सूचीमा छन्। प्रहरीका अनुसार ढुंगानाको मिलेमतोमा ठगीको सञ्जाल विस्तार गरिएको दाबी गरिएको छ।

प्रतिष्ठित कलेजको नाम, अस्वीकृत तालिम केन्द्र

सिआइबीका अनुसार गिरोहले विद्यार्थीलाई दुबईका प्रतिष्ठित कलेजमा भर्ना गराइदिने भन्दै ठूलो रकम असुल्ने, तर व्यवहारमा युएईको उच्च शिक्षा मन्त्रालय तथा कमिसन फर एकेडेमिक एक्रिडिटेसनबाट स्वीकृति नपाएका तालिम केन्द्रमा पठाउने गरेको थियो। दुबईमा अध्ययन सुरु गराएर पछि फ्रान्स वा अष्ट्रेलियामा क्रेडिट ट्रान्सफर मिलाइदिने आश्वासन दिइए पनि ती संस्थाको आधिकारिक मान्यता नै नरहेको अनुसन्धानमा उल्लेख छ।

हालसम्म १३ जना पीडितले जाहेरी दिएका छन्। उनीहरूबाट ८ लाखदेखि २२ लाख रुपैयाँसम्म रकम असुलिएको जनाइएको छ। थप पीडितहरू सम्पर्कमा आउने क्रम जारी रहेको सिआइबीले जनाएको छ।

‘ड्रीम प्याकेज’को जाल

अनुसन्धानमा खुलेअनुसार कन्सल्टेन्सीहरूले ‘ड्रीम प्याकेज’ नाम दिएर आकर्षक प्रचार–प्रसार चलाउँथे। सामाजिक सञ्जालमा भड्किला विज्ञापन, विदेशमा पढिरहेका नेपाली विद्यार्थीका कथित ‘टेस्टिमोनियल’ र सीमित सिटको दबाब सिर्जना गरी तत्काल निर्णय लिन उक्साइन्थ्यो। शुल्कको अधिकांश हिस्सा अग्रिम लिइन्थ्यो। भिसा र कलेज अफर लेटर देखाइए पनि कागजातको वैधता शंकास्पद रहेको उल्लेख छ।

कतिपय विद्यार्थी दुबई पुगेपछि आफूहरू कलेज होइन, मान्यता नपाएका तालिम केन्द्रमा भर्ना गरिएको थाहा पाएपछि समस्यामा परेका थिए। कोही स्वदेश फर्किन बाध्य भए भने कोही अनिश्चित अवस्थामै बस्नुपरेको पीडितहरूको गुनासो छ।

शिक्षा, भिजिट भिसा र हुन्डी—एकै सञ्जाल?

प्रहरी अनुसन्धानले शिक्षा कन्सल्टेन्सी, भिजिट भिसा र हुन्डी कारोबारबीच सञ्जालजस्तो सम्बन्ध देखिएको जनाएको छ। वैदेशिक अध्ययनको नाममा संकलित रकम अनौपचारिक माध्यमबाट विदेश पठाउने र सोही नेटवर्क प्रयोग गरी भिजिट भिसामा मानिस पठाउने मोडेलमा गिरोह सक्रिय रहेको आशंका छ।

पीडितको पीडा

एक पीडित अभिभावकले भने, “छोराको भविष्यका लागि घर धितो राखेर १८ लाख रुपैयाँ तिरेका थियौँ। अहिले न डिग्री छ, न पैसा।” दुबई पुगेका अर्का विद्यार्थीले भने, “प्रतिष्ठित कलेज भनिएको थियो। पुगेपछि मान्यता नपाएको तालिम केन्द्र रहेछ भन्ने थाहा भयो। कागजात र भिसा समस्याले हामी अलपत्र पर्‍यौँ।”

कडा नियमनको माग

यो घटनाले शिक्षा कन्सल्टेन्सी क्षेत्रको कमजोर नियमनमाथि गम्भीर प्रश्न उठाएको छ। सरोकारवालाहरूले कन्सल्टेन्सीको लाइसेन्स, कलेजसँगको आधिकारिक सम्बन्ध र शुल्क संरचनामा कडाइ आवश्यक रहेको बताएका छन्। शिक्षा मन्त्रालयका एक अधिकारीले विद्यार्थी र अभिभावकले पनि कलेजको मान्यता र सरकारी स्वीकृतिबारे सुनिश्चित गर्नुपर्ने र राज्यले अनुगमन सुदृढ गर्नुपर्ने बताएका छन्।

सिआइबीले ठगी, संगठित अपराध तथा अवैध वित्तीय कारोबारसम्बन्धी कानुनी प्रावधानअन्तर्गत मुद्दा अघि बढाएको छ। फरार प्रतिवादीहरूको खोजी तीव्र पारिएको र बैंकिङ तथा वित्तीय कारोबारको ट्र्याकिङ जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here