Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एमालेको झण्डा जलाएको घटनाबारे रास्वपाबाट स्पष्टीकरण माग्दै निर्वाचन आयोग

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङसँग नेकपा एमालेको झण्डा जलाइएको र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरिएको घटनाबारे स्पष्टीकरण माग गरेको छ। तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाउँदै अध्यक्ष…


विज्ञापनAdvertisement Banner
1 min read

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङसँग नेकपा एमालेको झण्डा जलाइएको र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गरिएको घटनाबारे स्पष्टीकरण माग गरेको छ।

तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेको भनिएको घटनापछि आयोगले पार्टी सभापतिको नाममा औपचारिक पत्र पठाएको हो। कानुन अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित उक्त पत्रमा पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगको इमेल ठेगानामा स्पष्टीकरण पठाउन निर्देशन दिइएको छ।

आयोगले पत्रमार्फत तुलसीपुरमा वास्तवमा के घटना भएको हो भन्ने स्पष्ट विवरण मागेको छ। साथै, एमालेको झण्डा जलाउने कार्य भएको वा नभएको, तथा एमाले अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गरिएको हो वा होइन भन्ने विषयमा ठोस जवाफ दिन आग्रह गरिएको छ।

उक्त विषयमा आयोगले आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/