spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजार७ महिनामा १४ अर्बको ईभी आयात, चीनको दबदबा कायमै

७ महिनामा १४ अर्बको ईभी आयात, चीनको दबदबा कायमै

काठमाडौँ – चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालले करिब १४ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी साधन (ईभी) आयात गरेको छ। भन्सार विभाग ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि माघसम्मको अवधिमा १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ बराबरका ५ हजार ८ सय ९४ युनिट विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्।

यस अवधिमा ईभी आयातबाट सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जसले विद्युतीय सवारीतर्फ बढ्दो आकर्षण र राजस्व योगदान दुवैलाई देखाउँछ।

चीनबाट सबैभन्दा बढी आयात

देशगत विवरण हेर्दा उत्तरी छिमेकी चीनको दबदबा स्पष्ट देखिन्छ। सात महिनामा चीनबाट मात्रै ४ हजार २ सय ४ युनिट ईभी आयात भएका छन्। ती सवारीको कुल मूल्य करिब ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ, जुन कुल आयातको ७१ प्रतिशतभन्दा बढी हिस्सा हो।

चिनियाँ ब्रान्डका गाडीहरू तुलनात्मक रूपमा सुलभ मूल्य, आधुनिक प्रविधि र विविध मोडेलका कारण नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन्। चीनबाट आयातित ईभीबाट मात्रै सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको छ।

दोस्रो स्थानमा भारत, पछ्याउँदै थाइल्याण्ड

चीनपछि भारत नेपालमा विद्युतीय सवारी निर्यात गर्ने दोस्रो ठूलो मुलुक बनेको छ। सात महिनामा भारतबाट १ हजार २ सय ६३ युनिट ईभी आयात भएका छन्, जसको मूल्य २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ।

त्यसैगरी, दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डबाट ४ सय १ युनिट ईभी आयात भएका छन्। ती सवारीको कुल मूल्य १ अर्ब १३ करोड रुपैयाँ बराबर रहेको तथ्याङ्कमा उल्लेख छ।

विद्युतीय सवारीमा बढ्दो आकर्षण, इन्धन आयात घटाउने नीति तथा सरकारी सहुलियतका कारण नेपालमा ईभीको बजार विस्तार हुँदै गएको विश्लेषण गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here