Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

साताभर सुनको मूल्यमा उतारचढाव, अन्त्यमा ११ सय रुपैयाँले समग्र गिरावट

काठमाडौं – नेपाली बजारमा यस साता सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको सुरुवातमा बढेको सुनको मूल्य मध्यसाता लगातार घटे पनि अन्त्यतिर पुनः उकालो लागेको छ। आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाली बजारमा यस साता सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको सुरुवातमा बढेको सुनको मूल्य मध्यसाता लगातार घटे पनि अन्त्यतिर पुनः उकालो लागेको छ।

आइतबार प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर सुनको मूल्य ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको थियो। तर सोमबार भने सुनको मूल्य ३ हजार रुपैयाँले घट्दै ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भयो।

मंगलबार पनि गिरावट जारी रह्यो। त्यसदिन प्रतितोला ९ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भयो। बुधबार पुनः १ हजार ५ सय रुपैयाँले घटेसँगै सुनको मूल्य ३ लाख ४ सय रुपैयाँ कायम भयो।

लगातार तीन दिनको गिरावटपछि बिहीबार भने बजारमा सुधार देखियो। सुनको मूल्य ४ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा पुगेको थियो। शुक्रबार भने सुनको मूल्य स्थिर रहँदै बिहीबारकै मूल्यमा कारोबार भएको छ।

यसरी साताभरको कारोबार हेर्दा समग्रमा सुनको मूल्य ११ सय रुपैयाँले घटेको देखिएको छ। बजारमा अन्तर्राष्ट्रिय मूल्य, डलर विनिमय दर तथा माग–आपूर्तिको अवस्थाले सुनको मूल्यमा उतारचढाव आउने गरेको व्यवसायीहरू बताउँछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/