बिहिबार, १२ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौं — साताको कारोबारको क्रममा नेपाली शेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। अघिल्लो दिन पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ३१.५४ अंकले वृद्धि हुँदै २,६९५.६० विन्दुमा पुगेको छ।…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — साताको कारोबारको क्रममा नेपाली शेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। अघिल्लो दिन पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ३१.५४ अंकले वृद्धि हुँदै २,६९५.६० विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ६.४१ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंकले उकालो लागेको छ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

दिनभर ३५० कम्पनीका २ करोड ३२ लाख ५८ हजार कित्ता शेयर ६९ हजार ६१९ पटकको कारोबारमार्फत खरिदबिक्री भएका छन्। उक्त कारोबार रकम करिब साढे ६ महिनायताकै उच्च हो। यसअघि गत वैशाख ३ गते बजारमा करिब साढे ९ अर्ब रुपैयाँको शेयर कारोबार भएको थियो।

कम्पनीगत प्रदर्शनतर्फ बेनी हाइड्रोपावरको शेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ८० रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता ६१७ रुपैयाँ २० पैसा पुगेको छ।

त्यसैगरी, सोपान फर्मास्यूटिकल्सको शेयर मूल्य ८.५ प्रतिशतभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ५.५ प्रतिशतले बढेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्यमा पनि ३.६५ प्रतिशतको वृद्धि देखिएको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

यसैगरी, सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँ र लक्ष्मी सनराइज बैंकको २४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

बिहीबार नेप्सेमा सूचीकृत १३ वटै उपसमूहका परिसूचक वृद्धि भएका छन्। अन्य उपसमूह २.४५ प्रतिशतले बढ्दै सबैभन्दा अगाडि रहेको छ।

बैंकिङ तथा होटल र पर्यटन उपसमूहमा २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। विकास बैंक र वित्त उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *