
काठमाडौं — दसैं, तिहारलगायत चाडपर्वका बेला डिजिटल कारोबार बढेसँगै अनलाइन ठगीको जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
इकाइले बैंक खाताको पासवर्ड, मोबाइलमा आउने ओटीपी र डिजिटल वालेटको पिन कसैलाई पनि नदिन आग्रह गरेको हो। चाडपर्वका अवसरमा उपहार, चिट्ठा र आकर्षक छुटको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति बढ्न सक्ने भएकाले शङ्कास्पद लिंक तथा सन्देशबाट सावधान रहन पनि सुझाव दिएको छ।
इकाइका अनुसार दसैं धमाका, तिहार–छठ बम्पर उपहार वा पुरस्कार परेको भन्दै नक्कली लिंक पठाउने र कर वा सेवा शुल्कका नाममा अग्रिम रकम माग्ने घटना हुन सक्छन्। त्यस्तै, बैंक तथा डिजिटल वालेटको नक्कली वेबसाइट बनाएर केवाईसी विवरण अद्यावधिक नगरे खाता बन्द हुने भन्दै व्यक्तिगत विवरण चोरी गर्ने जोखिमसमेत रहेको छ।






Leave a Reply