Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ०३ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ९६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा कायम हुँदा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही भिन्नता हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *