बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिम पर्वत हाइड्रोपावरलाई ५९ करोडको आईपीओ निष्काशन अनुमति

काठमाडौं — नेपाल धितोपत्र बोर्डले लामो समयदेखि प्रक्रियामा रहेको हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ। बोर्डको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ५९ करोड १५…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपाल धितोपत्र बोर्डले लामो समयदेखि प्रक्रियामा रहेको हिम पर्वत हाइड्रोपावर लिमिटेडलाई साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ।

बोर्डको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो।

अनुमतिसँगै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५९ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ। आईपीओको निष्काशन तथा बिक्री व्यवस्थापनका लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

हिम पर्वत हाइड्रोपावरले २०८१ मंसिर ५ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। लामो समयदेखि बोर्डको प्रक्रियामा रहेको कम्पनीको आईपीओलाई आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु गरिसकेको तथा कम्पनीको नेटवर्थ प्रतिशेयर १०० रुपैयाँभन्दा माथि रहेको आधारमा अनुमति दिइएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *