बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

करिब स्थिर रह्यो नेप्से, कारोबार रकम बढेर ४ अर्ब ८९ करोड

काठमाडौं - साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर लगभग स्थिर अवस्थामा बन्द भएको छ। लगातार तीन कारोबार दिनदेखि ओरालो लागेको बजार यस दिन भने झिनो…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं – साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर लगभग स्थिर अवस्थामा बन्द भएको छ। लगातार तीन कारोबार दिनदेखि ओरालो लागेको बजार यस दिन भने झिनो सुधारसहित बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.१४ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले वृद्धि भएका छन्।

सूचक सामान्य बढेसँगै बजारको कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार ३५३ स्टकको ५१ हजार ७४५ पटक कारोबार भएको छ। यस क्रममा १ करोड २० लाख ६५ हजार कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँ पुगेको छ।

बिहीबार कारोबार भएका कम्पनीमध्ये सिन्धु विकास बैंकको शेयरमूल्य १०.८१ प्रतिशतले बढेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशत तथा इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यस दिन कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयरमूल्य ९.६६ प्रतिशतले घटेको छ, जुन दिनको सबैभन्दा ठूलो गिरावट हो।

कारोबार रकमका आधारमा बिहीबार सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको करिब ३० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ र लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीबार परेको थियो। बैंकले असोज १६ गते बुक क्लोज गर्ने भएकाले पनि लगानीकर्ताको आकर्षण बैंकको शेयरमा देखिएको हो।

त्यस्तै, अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ तथा हाथवे इन्भेष्टमेन्टको करिब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।बिहीबार १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढ्दा आठ उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत उपसमूहमा सामान्य वृद्धि भएको छ।

कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको छ। लगानी उपसमूहको परिसूचक भने स्थिर रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *