बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मुक्तिनाथ म्युचुअल फण्ड–२ मा आवेदन दिने म्याद असोज १५ गतेसम्म थप

काठमाडौं — मुक्तिनाथ क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ को इकाईमा आवेदन दिने अवधि थप गरेको छ। क्यापिटलले असोज १ गतेदेखि बिक्री खुला गरेको उक्त फण्डको इकाईमा अब…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — मुक्तिनाथ क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ को इकाईमा आवेदन दिने अवधि थप गरेको छ।

क्यापिटलले असोज १ गतेदेखि बिक्री खुला गरेको उक्त फण्डको इकाईमा अब असोज १५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। यद्यपि, मागभन्दा बढी आवेदन परेमा तोकिएको समयअघि नै निष्काशन बन्द गर्न सकिनेछ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो। कुल निष्काशित इकाईमध्ये बिक्री भएको इकाईको १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि र २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।

फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ।

फण्डको बिक्री खुला अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा इकाई बाँडफाँट गर्न सकिने व्यवस्था छ। तोकिएको न्यूनतम इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ।

१० वर्ष अवधिको यो फण्ड बन्दमुखी योजना हो। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा (ASBA) अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत तथा ‘मेरो शेयर’को वेब तथा मोबाइल एपबाट फण्डको इकाईमा आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *