बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा कारोबार बन्द भएको घटनाबारे अध्ययन गर्न सेबोनको निर्देशन

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धितोपत्र कारोबार स्थगन भएको घटनाबारे अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। सेबोनले सोमबार प्रेस विज्ञप्ति जारी…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा धितोपत्र कारोबार स्थगन भएको घटनाबारे अध्ययन तथा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

सेबोनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ५ गते नेप्सेमा धितोपत्र कारोबार स्थगन भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

बोर्डका अनुसार असोज ४ गते बिहानदेखि धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमतिपत्र प्राप्त ९२ कम्पनीमध्ये ७२ व्यवसायीको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएको थियो। उक्त समस्याका कारण असोज ५ गते धितोपत्र कारोबार स्थगन गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी नेप्सेबाट प्राप्त भएको बोर्डले जनाएको छ।

नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालन गर्ने प्रमुख निकाय नेप्सेको प्रणालीमा आएको प्राविधिक समस्याका कारण कारोबार नै रोक्नुपर्ने अवस्था आएपछि सेबोनले घटनाको विस्तृत अध्ययन तथा जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको हो।

बोर्डले घटनाको अध्ययन गरी कारोबार स्थगन हुनुपर्ने कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसमेत समेटेर प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ। उक्त प्रतिवेदन असोज १२ गतेभित्र बोर्डसमक्ष पेश गर्न नेप्सेलाई भनिएको छ।

यसैबीच, नेप्सेबाट कारोबार स्थगनसम्बन्धी जानकारी प्राप्त भएलगत्तै सेबोनले प्राविधिकलगायत समस्या पहिचान गर्न तत्काल निरीक्षण टोली खटाएको जनाएको छ।

बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली गठन गरी घटनाको स्थलगत तथा प्राविधिक पक्षबाट अध्ययन अघि बढाइएको सेबोनले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *