
काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट देखिएको छ। बुधबारको ओरालो यात्रालाई निरन्तरता दिँदै नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ विन्दुमा बन्द भएको हो।
बजारसँगै अन्य प्रमुख सूचकहरू पनि घटेका छन्। सेन्सेटिभ इण्डेक्स २.४० अंकले तल झर्दा फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंकले घटेको छ।
कारोबार गतिविधिमा समेत केही कमी आएको छ। बुधबार ४ अर्ब १९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३४१ स्टकको ४४ हजार १९८ पटक कारोबार भयो। दिनभरमा १ करोड ५ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ।
बिहीबारको बजारमा लिबर्टी इनर्जीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको सेयरमूल्य ३२ रुपैयाँ १० पैसा बढेर २४६ रुपैयाँ १० पैसा पुगेको हो। दोल्ती पावर कम्पनीको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी उकालो लाग्दा अप्पर लोहोरे खोला हाइड्रोपावरको मूल्यमा ७ प्रतिशतको वृद्धि देखिएको छ।
यता, सिन्धु विकास बैंकको सेयरमूल्यमा सबैभन्दा ठूलो गिरावट आएको छ। बैंकको सेयरमूल्य १४.९८ प्रतिशत घटेको छ।
कारोबार रकमका हिसाबले लिबर्टी इनर्जी सबैभन्दा अगाडि रह्यो। कम्पनीको ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार २१ करोड रुपैयाँभन्दा माथि रहँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।
बिहीबार बजारका सबै १३ उपसमूह राताम्मे भएका छन्। उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै १.१४ प्रतिशतको गिरावट आएको छ। निर्जीवन बीमा समूहको परिसूचक पनि करिब १ प्रतिशतले घटेको छ।






Leave a Reply