Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ३१ हजार ५८८ कित्ता शेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम २२५ रुपैयाँ मूल्य तोकेर गोप्य शिलबन्दी बोलपत्रमार्फत शेयर बिक्री गर्न लागेको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ३१ हजार ५८८ कित्ता शेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम २२५ रुपैयाँ मूल्य तोकेर गोप्य शिलबन्दी बोलपत्रमार्फत शेयर बिक्री गर्न लागेको हो।

कम्पनीको संस्थापक शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन्। बोलपत्रका लागि आवेदन आज भदौ २५ गतेदेखि खुला भएको छ भने असोज २ गते कार्यालय समयभित्र आवेदन बुझाइसक्नुपर्नेछ।

बोलपत्र आवेदन एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाडौंमा बुझाउनुपर्नेछ। आवेदन फाराम सोही स्थानबाट १०० रुपैयाँ नगद तिरेर लिन सकिनेछ।

शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ताको आवेदन दिनुपर्नेछ भने अधिकतम ३१ हजार ५८८ कित्तासम्म आवेदन दिन सकिनेछ। प्रतिकित्ता २२५ रुपैयाँभन्दा कम मूल्य राखेर पेश गरिएको आवेदन स्वतः रद्द हुनेछ।

आवेदकले आफूले खरिद गर्न चाहेको शेयर संख्या र प्रतिकित्ता कबोल मूल्य अंक र अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नुपर्नेछ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिने गरी यसअघि ३५ दिने सूचना प्रकाशित गरिसकेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/