Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा १८ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ८३ करोड नाघ्यो

काठमाडौं - साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.०७ अंकले बढेर २,५६०.८४ विन्दुमा पुगेको छ। पछिल्ला तीन कारोबार दिनदेखि उकालो लागेको शेयर बजारले सोमबार पनि वृद्धिको क्रमलाई निरन्तरता…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.०७ अंकले बढेर २,५६०.८४ विन्दुमा पुगेको छ। पछिल्ला तीन कारोबार दिनदेखि उकालो लागेको शेयर बजारले सोमबार पनि वृद्धिको क्रमलाई निरन्तरता दिएको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.४६ अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंकले वृद्धि भएको छ।

बजार परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ। सोमबार ३५२ स्टकको ५० हजार ८४४ पटक कारोबार हुँदा कुल ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस क्रममा ९२ लाख ९८ हजार कित्ता शेयर कारोबार भएको हो। अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

सोमबार पियोर इनर्जीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयरमूल्य ९९ रुपैयाँ ३० पैसा बढेर ७६१ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै, गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ। श्रीनगर एग्रीटेक, कालिका लघुवित्त वित्तीय संस्था र सागर डिष्टिलरीको शेयरमूल्य पनि ६ प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

यसको विपरीत, इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयरमूल्य १५ प्रतिशतले घट्दै सर्वाधिक गिरावट भएका छन्।कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स अग्रस्थानमा रहेको छ। कम्पनीको २५ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

गरिमा विकास बैंकको करिब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार हुँदा सोलु हाइड्रोपावरको कारोबार रकम १६ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढेको छ भने दुईवटामा गिरावट आएको छ।

निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०५ प्रतिशतले बढेको छ। बैंकिङ्ग तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यता, वित्त र व्यापार उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/