Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा १५ अंकको वृद्धि, कारोबार रकम २ अर्ब ९४ करोड नाघ्यो

काठमाडौं - साताको कारोबारमा नेप्से परिसूचकले लगातार दोस्रो दिन सकारात्मक गति कायम राखेको छ। बुधबारको कारोबारमा नेप्से १५.४४ अंकले बढ्दै २५३८.११ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ३.०२ अंकले उकालो लागेको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – साताको कारोबारमा नेप्से परिसूचकले लगातार दोस्रो दिन सकारात्मक गति कायम राखेको छ। बुधबारको कारोबारमा नेप्से १५.४४ अंकले बढ्दै २५३८.११ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.०२ अंकले उकालो लागेको छ। यस्तै, फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंकले वृद्धि भएको छ।

सूचकसँगै बजारको कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ। मंगलबार २ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३५४ स्टकको ३९ हजार ६७३ पटक कारोबार भयो। उक्त कारोबारबाट ७२ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँ पुगेको छ।

उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो
बुधबारको कारोबारमा उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशतले बढेको छ। त्यस्तै, माथिल्लो मैलुङ्ग खोला जलविद्युत र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यसको विपरीत, एनएमबि इनर्जी बण्ड ४ प्रतिशत २०९३/९४ को मूल्य ५.८१ प्रतिशतले घट्दै सर्वाधिक गिरावट आएको छ।

सानिमा मिडिल तमोरको कारोबार उच्च
कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर अग्रस्थानमा रहेको छ। कम्पनीको १४ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम पनि १२ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

अधिकांश उपसमूह हरियो
बुधबार १३ मध्ये ११ वटा उपसमूहको परिसूचक वृद्धि भएको छ भने दुई उपसमूहमा गिरावट आएको छ।

जलविद्युत उपसमूह ०.९५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै वृद्धि हुने उपसमूह बनेको छ। यता, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/