Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एपोलो हाइड्रोपावरले चैत २६ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

काठमाडौं — एपोलो हाइड्रोपावर लिमिटेडले यही चैत २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँड…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — एपोलो हाइड्रोपावर लिमिटेडले यही चैत २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि खुला गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेअनुसार कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबरको १४ करोड १० लाख रुपैयाँको आईपीओ जारी गर्न लागेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १४ लाख १० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको कम्पनीले जनाएको छ।

यसअघि कम्पनीले ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई र ९४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

अब बाँकी रहेको आईपीओमध्ये ४७ हजार कित्ता सामूहिक लगानी कोषका लागि र १८ हजार ८०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत ३० गतेसम्म तोकिएको छ।

कम्पनीको क्रेडिट रेटिङ्ग ‘केयरएनपी डबल बी माइनस’ रहेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/