Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सूर्यज्योति लाइफको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं— सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनी उषा अग्रवालको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं— सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनी उषा अग्रवालको नाममा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने व्यवस्था रहेकाले हाल उक्त शेयर उनीहरूले मात्रै खरिद गर्न सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौँको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्नेछ। आवेदन दिँदा आफूले खरिद गर्न चाहेको शेयर संख्या र प्रस्तावित मूल्यसमेत उल्लेख गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

तोकिएको समयसीमाभित्र पर्याप्त आवेदन नपरेमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणका लागि खुला गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

यस कदमले कम्पनीको शेयर संरचनामा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ भने लगानीकर्ताहरूका लागि नयाँ अवसरसमेत सिर्जना हुने देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/