
काठमाडौं – टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले आजसम्म मात्रै आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले फागुन २७ गतेदेखि आईपीओ निष्कासन खुला गरेको थियो। जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये १२ करोड रुपैयाँबराबरका प्रतिकित्ता १०० रुपैयाँ दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।
कम्पनीको आईपीओका लागि केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।






Leave a Reply