spot_img
20.9 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारपिपुल्स पावर लिमिटेड को चैत २९ मा नवौं वार्षिक साधारणसभा, बूक क्लोज...

पिपुल्स पावर लिमिटेड को चैत २९ मा नवौं वार्षिक साधारणसभा, बूक क्लोज चैत १६ मा

काठमाडौं — ले नवौं वार्षिक साधारणसभा (AGM) आह्वान गरेको छ। कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबार साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार साधारणसभा काठमाडौंको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ। उक्त सभामा गत आर्थिक वर्ष २०८१/०८२ का वित्तीय विवरणहरू प्रस्तुत गरिनेछ। यस अन्तर्गत सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, चालू आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। कम्पनीले संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने तथा अन्य विविध प्रस्तावहरूमाथि समेत छलफल गरी निर्णय गर्ने जनाएको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते एक दिनका लागि शेयर दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। सो मितिभन्दा अघिल्लो दिनसम्म मा कायम भएका शेयरधनीहरूले मात्र सभामा सहभागी हुन पाउनेछन्।

कम्पनीले सबै योग्य शेयरधनीहरूलाई साधारणसभामा उपस्थित भई आफ्नो अधिकार प्रयोग गर्न अनुरोध गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here