spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारबेनी हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

बेनी हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड ले निष्काशन गरिरहेको पहिलो चरणको आईपीओअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयरमा आज आवेदन दिने अन्तिम दिन रहेको छ।

कम्पनीले चैत १ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ दरले १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज (चैत ५) सम्म मात्र आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भने आवेदन दिने समयसीमा चैत १५ गतेसम्म कायम गरिएको छ।

आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। पहिलो चरणको बाँडफाँट सम्पन्न भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ।

यस आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेड ले सम्हालेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here