Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सोल्टी होटलको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं - सोल्टी होटल लिमिटेडले आफ्नो ५१औं वार्षिक साधारणसभाबाट पारित नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिसकेको जनाएको छ। कम्पनीका अनुसार मंसिर २८ गते सम्पन्न साधारणसभाले पारित गरेको १६.५७ प्रतिशत नगद लाभांश…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सोल्टी होटल लिमिटेडले आफ्नो ५१औं वार्षिक साधारणसभाबाट पारित नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिसकेको जनाएको छ।

कम्पनीका अनुसार मंसिर २८ गते सम्पन्न साधारणसभाले पारित गरेको १६.५७ प्रतिशत नगद लाभांश मंसिर ५ गतेसम्म डिम्याट खातामा उल्लेखित बैंक खातामा पठाइसकिएको हो।

होटलले शेयर धितो राखेर ऋण लिएका शेयरधनीका हकमा भने सम्बन्धित ऋण दिने संस्थाबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पेश गरेपछि मात्रै लाभांश खातामा पठाइने स्पष्ट पारेको छ।

त्यस्तै, सोही साधारणसभाबाट पारित १५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सीडीएस एण्ड क्लियरिङमा सूचीकृत भइसकेको छ। कम्पनीले उक्त बोनस शेयर शेयरधनीको दर्ता किताबमा समेत अद्यावधिक गरिसकेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/