Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम करिब १२ अर्ब

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २,७९८.८३ बिन्दुमा पुगेको छ। आज बजारमा ३४५ कम्पनीको ३…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २,७९८.८३ बिन्दुमा पुगेको छ।

आज बजारमा ३४५ कम्पनीको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच हुँदा कुल ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका कम्पनीमध्ये ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको मूल्य घटेको छ। त्यस्तै ४ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको देखिएको छ।

आज सबैभन्दा बढी कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ। उक्त कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी नेशनल हाइड्रोपावर कम्पनीको ६६ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सालपा विकास बैंक, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स र उपर हेवाखोला जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी चार कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ।

यता सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै घाटा बेहोरेका छन्। उक्त फण्डको मूल्य ४.३९ प्रतिशतले घटेको छ।

समग्रमा बजार परिसूचकसँगै अधिकांश कम्पनीको शेयर मूल्य घट्दा लगानीकर्तामा सावधानी अपनाउने प्रवृत्ति देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/