Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सामान्य सुधारसँगै बन्द भयो नेप्से, कारोबार रकममा भने हल्का कमी

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन बढेको बजारले आइतबार पनि सकारात्मक लयलाई निरन्तरता दिँदै सूचकमा हल्का वृद्धि देखाएको हो। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)…


विज्ञापनAdvertisement Banner
2 min read

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन बढेको बजारले आइतबार पनि सकारात्मक लयलाई निरन्तरता दिँदै सूचकमा हल्का वृद्धि देखाएको हो।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ। सोही दिन सेन्सेटिभ सूचक ०.४१ अंकले उकालो लागेको छ भने फ्लोट इन्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१८ अंकले वृद्धि भएको छ।

सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। बिहीबार १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ३५० कम्पनीका ३ करोड ९५ लाख ४९ हजारभन्दा बढी कित्ता सेयर १ लाख २४ हजार ४९० पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

यस दिन दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयर मूल्य उच्च वृद्धिसहित सर्किट लेभलमा पुगेका हुन्। होटल फरेष्ट इनको सेयर मूल्य करिब १० प्रतिशत बढ्दा ग्रीनलाइफ हाइड्रोपावरको सेयर मूल्य पनि झण्डै साढे ९ प्रतिशतले उकालो लागेको छ। यता दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य भने सबैभन्दा धेरै करिब १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको करिब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै रिडी पावर कम्पनीको करिब ६८ करोड रुपैयाँ र नेशनल हाइड्रोपावर कम्पनीको साढे ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहतर्फ १३ मध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूह घटेका छन्। व्यापार उपसमूह सबैभन्दा बढी २.८३ प्रतिशतले बढ्दा होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहमा सामान्य गिरावट देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/