Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा ५ प्रतिशत बोनस सेयरसहित लाभांश घोषणा

काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको…


विज्ञापनAdvertisement Banner
1 min read
  1. काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरिएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरूलाई वितरण गरिनेछ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीहरूलाई प्रतिफल दिने उद्देश्यले उक्त लाभांश प्रस्ताव गरेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/