Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ…


विज्ञापनAdvertisement Banner
3 min read
Road sign - "IPO ahead"

काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको छ। यसमध्ये प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।

त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् १ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको छ।

कम्पनीका अनुसार प्रभावित क्षेत्रअन्तर्गत ५ लाख २० हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ। त्यस्तै ३ लाख १२ हजार कित्ता शेयर वडा नं. ५, ६, ७ र ११ का बासिन्दाहरूका लागि तथा २ लाख ८ हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गतेसम्म खुला रहनेछ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यसका साथै एनएमबि बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालन गरिएको ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/