Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

स्नो रिभर्स लिमिटेडले चैत ९ देखि आईपीओ निष्काशन गर्ने

काठमाडौं - स्नो रिभर्स लिमिटेडले आगामी चैत ९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १००…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं – स्नो रिभर्स लिमिटेडले आगामी चैत ९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति प्राप्त गरेको हो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ९३ हजार ७५० कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ।

आयोजना प्रभावितमध्ये ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका–८ का स्थानीय बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता शेयर छुट्याइएको छ। त्यसैगरी सिरिजङ्गा गाउँपालिका–१ देखि ७, सिदिङ्वा गाउँपालिका–५ र ६, पाथीभरा याङवरक गाउँपालिका–५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–१ का स्थानीय बासिन्दाका लागि पनि ४ लाख ६८ हजार ७५० कित्ता शेयर छुट्याइएको छ।

आयोजना प्रभावितले आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिन नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ।

आयोजना प्रभाविततर्फको आईपीओ निष्काशन छिटोमा चैत २३ गते बन्द हुनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा वैशाख ८ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुलाइएको आईपीओ भने छिटोमा चैत १२ गते बन्द हुनेछ र पर्याप्त आवेदन नपरेमा चैत २३ गतेसम्म खुला रहनेछ।

आयोजना प्रभावित स्थानीयले काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड, ताप्लेजुङको सिरिजङ्गा–८ याम्फुदिनस्थित आयोजनास्थल, नेपाल बैंक लिमिटेडको सिरिजङ्गा शाखा, एनएमबि बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको फुङलिङ शाखाबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/