Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

निर्वाचन अघि नेप्सेमा वृद्धि, परिसूचक र कारोबार रकम दुवै उकालो

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार उल्लेखनीय अंकले बढ्दै २७ सयको मनोवैज्ञानिक विन्दु पार गरेको छ। आगामी चुनावको माहोलबीच बजारमा लगानीकर्ताको उत्साह देखिँदा नेप्से ३८.५२ अंकले बढेर २,७१२.४९ विन्दुमा बन्द…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार उल्लेखनीय अंकले बढ्दै २७ सयको मनोवैज्ञानिक विन्दु पार गरेको छ। आगामी चुनावको माहोलबीच बजारमा लगानीकर्ताको उत्साह देखिँदा नेप्से ३८.५२ अंकले बढेर २,७१२.४९ विन्दुमा बन्द भएको हो।

आज कुल ३३९ कम्पनीको १ करोड ५१ लाख ९४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार अवधिभर २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य घटेको छ। २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यसैगरी रिदि पावर कम्पनीको २७ करोड ७४ लाख रुपैयाँ र एसवाई प्यानल नेपालको २४ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आजको बजारमा सबैभन्दा धेरै कमाउने कम्पनीमा सालपा विकास बैंक पर्‍यो। यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतसम्म लाभ कमाए। त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाएका छन्।

यता, घाटा खाने कम्पनीतर्फ हिम शुभम् पावर कम्पनी अग्रस्थानमा रह्यो। यस कम्पनीका लगानीकर्ताले आज २.५३ प्रतिशतसम्म घाटा व्यहोरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/