spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारबिहीबारका लागि विदेशी मुद्राको नयाँ दर सार्वजनिक

बिहीबारका लागि विदेशी मुद्राको नयाँ दर सार्वजनिक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ १ पैसा तोकिएको छ। त्यस्तै, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४० पैसा र बिक्रीदर १०२ रुपैयाँ ८२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।

यसैगरी, स्विस फ्र्याङ्क, सिंगापुर डलर, जापानी येन (१० युनिट), चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गिट, दक्षिण कोरियन वोन (१०० युनिट), स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको दरसमेत निर्धारण गरिएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूले तय गर्ने दर भने फरक हुन सक्ने जनाउँदै अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमार्फत उपलब्ध गराइने जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here