Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुन तोलामा ९०० रुपैयाँले घट्यो, चाँदी २५ रुपैयाँले बढ्यो

काठमाडौँ – आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा आज सुन तोलामा नौ सय रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा आज सुन तोलामा नौ सय रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार नौ सय रुपैयाँ र एक तोला चाँदीको मूल्य चार हजार आठ सय पचासी रुपैयाँ निर्धारण भएको छ।

हिजो सोमबार सुनको मूल्य तीन लाख दुई हजार आठ सय रुपैयाँ र चाँदीको मूल्य चार हजार आठ सय साठी रुपैयाँ थियो।

साताको पहिलो दिन आइतबार बजार खुल्दा प्रतितोला सुन तीन लाख पाँच हजार आठ सय रुपैयाँ र चाँदी चार हजार नौ सय पचासी रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारअनुसार आज सुनको एक औँस मूल्य चार हजार नौ सय सत्तरी अमेरिकी डलर र चाँदीको मूल्य अस्सी अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/