Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

३ अर्बको अग्राधिकार सेयर ल्याउँदै माछापुच्छ्रे बैंक

काठमाडौं – माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता अग्राधिकार शेयर…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैंकलाई १०० रुपैयाँ अंकित दरका ३ करोड कित्ता अग्राधिकार शेयर निष्कासन गर्न स्वीकृति दिएको हो।

बैंकले उक्त अग्राधिकार शेयरमा वार्षिक ८.२५ प्रतिशत लाभांश दर तय गरेको छ, जुन नाफा भएको वर्ष मात्र वितरण गरिनेछ। शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

यससँगै माछापुच्छ्रे बैंक अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने पाँचौं वाणिज्य बैंक बनेको छ। यसअघि नबिल बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक र सानिमा बैंकले यस्ता शेयर निष्कासनका लागि अनुमति प्राप्त गरिसकेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/