Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

इभी कार बिक्रीमा उल्लेखनीय वृद्धि, नेपाल विश्वमै दोस्रो स्थानमा

काठमाडौं - सन् २०२५ मा विद्युतीय गाडी (ईभी) बिक्रीको अनुपातमा नेपाल विश्वमै दोस्रो स्थानमा पुगेको छ। नयाँ कार बिक्रीमध्ये करिब ७३ प्रतिशत हिस्सा ईभीले ओगटेको अनुमान गरिएको छ, जुन २०१९ मा केवल…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सन् २०२५ मा विद्युतीय गाडी (ईभी) बिक्रीको अनुपातमा नेपाल विश्वमै दोस्रो स्थानमा पुगेको छ।

नयाँ कार बिक्रीमध्ये करिब ७३ प्रतिशत हिस्सा ईभीले ओगटेको अनुमान गरिएको छ, जुन २०१९ मा केवल ८ प्रतिशत मात्र थियो।

युरोपको नर्वे ९७ प्रतिशत नयाँ कार ईभी बिक्रीसहित पहिलो स्थानमा रहेको छ। परिमाणका हिसाबले भने चीन विश्वकै ठूलो बजार बनेको छ, जहाँ २०२५ मा १ करोड ३० लाखभन्दा बढी ईभी बिक्री भएको अनुमान छ।

अमेरिकामा ईभी बिक्री हिस्सा १० प्रतिशत पुगेको छ भने बेल्जियम, नेदरल्यान्ड्स, पोर्चुगल र बेलायतलगायत देशहरूमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार ईभीमा ब्याट्री इलेक्ट्रिक र प्लग–इन हाइब्रिड दुवै सवारीसाधन समावेश हुन्छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/