Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, बजारमा देखियो उत्साह

काठमाडौं, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३०.०८ अंकले बढ्दै २,७५४.४८ विन्दुमा बन्द भएको छ। आज बजार १.१० प्रतिशतले बढेको हो। आजका सार्वधिक कमाउने कम्पनीहरु आजको कारोबारमा अपर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेड…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३०.०८ अंकले बढ्दै २,७५४.४८ विन्दुमा बन्द भएको छ। आज बजार १.१० प्रतिशतले बढेको हो।

आजका सार्वधिक कमाउने कम्पनीहरु

आजको कारोबारमा अपर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेड (ULHC) सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यसैगरी मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड (MHNL) ११.८८ प्रतिशत र बुङ्गल हाइड्रोपावर लिमिटेड (BUNGAL) ७.५१ प्रतिशतले वृद्धि भएका छन्।

यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम (SIPD), सिटी होटल लिमिटेड (CITY), मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड (MABEL) लगायतका कम्पनीहरूको शेयर मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।

आजका सार्वधिक गुमाउने कम्पनीहरु

बजार समग्रमा सकारात्मक रहे पनि केही कम्पनीहरूको शेयर मूल्यमा गिरावट आएको छ। आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (CORBL) को शेयर मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशतले घटेको छ।

त्यसैगरी सिद्धार्थ बैंक डिबेन्चर २०८३ (SBLD83) ६.४० प्रतिशत तथा प्रभु बैंक डिबेन्चर २०८८ (PBD88) ३.०८ प्रतिशतले घटेका छन्। यस्तै, नेपाल बैंक लिमिटेड (BNL)सिद्धार्थ बैंक डिबेन्चर २०९० (SBID2090) को मूल्य पनि ३ प्रतिशतले घटेको छ।

आजको बजारमा लगानीकर्ताको मनोबल सकारात्मक देखिएको छ। नेप्से परिसूचक दिनभर हरियो रहनु, बढ्ने कम्पनीको संख्या घट्ने कम्पनीभन्दा अत्यधिक धेरै हुनु र कारोबार रकम पनि सन्तोषजनक रहनुले बजारमा खरिद चाप बलियो रहेको संकेत गर्छ।

२४९ कम्पनीको शेयर मूल्य बढ्दा केवल २१ कम्पनी घट्नुले बजारमा व्यापक सहभागिता देखिएको छ। यसले लगानीकर्ता जोखिम लिन तयार भएको र बजारप्रति विश्वास बढेको मनोविज्ञान देखाउँछ।

विशेषगरी हाइड्रोपावर समूहका कम्पनीहरूमा देखिएको तीव्र वृद्धि बजारमा अल्पकालीन ट्रेडिङ र सेक्टर-केन्द्रित लगानी दुवै सक्रिय रहेको संकेत हो। यद्यपि, केही बैंक तथा डिबेन्चरमा देखिएको गिरावटले सबै क्षेत्रमा समान उत्साह नरहेको पनि देखाउँछ।

समग्रमा, आजको कारोबारले बजार २,८०० विन्दुतर्फ अघि बढ्ने मनोवैज्ञानिक आधार बलियो बनाएको छ। तर, लगातार बढेको बजारमा नाफा बुकिङको सम्भावना रहने भएकाले लगानीकर्ताले कम्पनीको आधारभूत अवस्था र जोखिम मूल्यांकन गरेर मात्र निर्णय लिनु उपयुक्त हुनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/