काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्था ले आज (११ फाल्गुन २०८२) देखि संस्थापक समूहअन्तर्गतको शेयर बिक्री खुला गरेको छ। संस्थाले कुल ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जनाएको छ।
कम्पनीका अनुसार उक्त शेयर खरिदका लागि इच्छुक व्यक्ति तथा योग्य कम्पनीहरूले आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २९५ रुपैयाँ तोकिएको छ। सो मूल्य वा सोभन्दा बढी दर उल्लेख गरी बोलकबोल पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
शेयर खरिद गर्न इच्छुक आवेदकले फागुन १७ गतेभित्र लेखनाथमार्ग, ठमेल, काठमाडौंस्थित कार्यालयमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ।
यस शेयर बिक्रीको व्यवस्थापन कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गरिरहेको छ।




