Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुन र चाँदीको मूल्यमा वृद्धि, प्रतितोला सुन ३ लाख १० हजार ३०० रुपैयाँ

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभावस्वरूप स्थानीय बजारमा समेत मूल्य वृद्धि भएको हो।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभावस्वरूप स्थानीय बजारमा समेत मूल्य वृद्धि भएको हो।

महासंघले सार्वजनिक गरेको दररेटअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६६ हजार ३० रुपैयाँ कायम गरिएको छ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने प्रतिदश ग्राम २ लाख ६१ हजार २३० रुपैयाँ तोकिएको थियो। दुई दिनको अन्तरालमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० रुपैयाँले बढेको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ६५१ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ३३० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको भाउमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको महासंघले जनाएको छ।l

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/