Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सागर डिष्टिलरी लिमिटेडका ७२ हजार ६०० कित्ता शेयरको लकइन चैत ११ मा सकिँदै

काठमाडौं - सागर डिष्टिलरी लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको ७२ हजार ६०० कित्ता शेयरको लकइन अवधि चैत ११ गते सकिने भएको छ। कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सर्वसाधारणमा शेयर बाँडफाँड…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – सागर डिष्टिलरी लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको ७२ हजार ६०० कित्ता शेयरको लकइन अवधि चैत ११ गते सकिने भएको छ।

कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सर्वसाधारणमा शेयर बाँडफाँड गर्दा प्रचलित व्यवस्था अनुसार निष्काशित शेयरको ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई छुट्याएको थियो। धितोपत्र निष्काशनसम्बन्धी नियमावलीअनुसार यस्तो शेयर बाँडफाँड मितिले ६ महिनासम्म लकइन अवधिमा राख्नुपर्ने प्रावधान छ।

उक्त प्रावधानअनुसार सामूहिक लगानी कोषको नाममा रहेको शेयर हालसम्म लकइनमा रहेको छ। निर्धारित ६ महिनाको अवधि पूरा हुने भएकाले आगामी चैत ११ गते लकइन अवधि समाप्त हुनेछ।

लकइन अवधि सकिएसँगै चैत १२ गतेदेखि उक्त ७२ हजार ६०० कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछ। यससँगै बजारमा उपलब्ध हुने शेयर संख्यामा वृद्धि हुने भएकाले कारोबारमा केही प्रभाव पर्न सक्ने आँकलन गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/