Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

साताको शेयर बजारः करिब २९ अंकले घट्यो, १६ अर्बभन्दा बढी कारोबार

काठमाडौं - यस साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २८.९१ अंकले घट्दै २ हजार ६ सय ४२ दशमलव १५ विन्दुमा पुगेको हो। यस साता…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – यस साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २८.९१ अंकले घट्दै २ हजार ६ सय ४२ दशमलव १५ विन्दुमा पुगेको हो।

यस साता नेप्से दुई दिन मात्रै खुला रह्यो र दुवै दिन बजार ओरालो लागेको थियो। साताको पहिलो कारोबार दिन सोमबार सूचक ८.१६ अंकले घटेको थियो भने मंगलबार ०.७५ अंकले गिरावट आएपछि साप्ताहिक रूपमा बजार झन्डै २९ अंकले घटेर बन्द भएको हो।

दुई दिनको कुल कारोबार रकम १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। सोमबार ७ अर्ब ८८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो भने मंगलबार ८ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो। उल्लेख्य कारोबार रकम भए पनि सूचकमा निरन्तर गिरावट देखिएको छ।

यस साता तीन दिन सार्वजनिक बिदा परेकाले नेप्से दुई दिन मात्रै सञ्चालनमा आएको थियो। फागुन ३ गते महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा बजार बन्द थियो। त्यसैगरी फागुन ६ गते ग्याल्पो ल्होसार र फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस परेकाले पनि शेयर बजार बन्द गरिएको थियो।

लगातार दुई कारोबार दिन नै सूचक घटे पनि कारोबार रकम उच्च रहनुले लगानीकर्ताको सक्रियता भने कायम रहेको देखिन्छ। आगामी साता बजारको दिशा कस्तो रहला भन्ने विषयमा लगानीकर्ताहरूले चासोपूर्वक प्रतीक्षा गरिरहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/