Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्य एकैदिन ४३ सयले वृद्धि, तोलाको नयाँ मूल्य कति ?

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन केही घटेको सुनचाँदीको मूल्य बिहीबार अचानक बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ४,३०० रुपैयाँले…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन केही घटेको सुनचाँदीको मूल्य बिहीबार अचानक बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ४,३०० रुपैयाँले बढेर ३,०४,७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य तोलाको ३,००,४०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलाको १८० रुपैयाँले बढेको छ। आज चाँदीको नयाँ मूल्य ५,०६० रुपैयाँ पुगेको छ, जबकि अघिल्लो दिन यसको मूल्य ४,८८० रुपैयाँ रहेको थियो।

महासंघका पदाधिकारीहरूले बजारमा सुन र चाँदीको मूल्यमा भएको उतार-चढावलाई भौतिक माग र अन्तर्राष्ट्रिय बजारको प्रभावसँग जोडेर व्याख्या गरेका छन्।

सुनचाँदीको मूल्यमा आएको यो अचानक वृद्धि उपभोक्ता र व्यवसायी दुवैका लागि ध्यान दिनुपर्ने विषय बनेको छ

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/