Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा आइतबार सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो। महासंघले सार्वजनिक गरेको नयाँ…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आइतबार सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो।

महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ७१५ रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिन २ लाख ५४ हजार ५४५ रुपैयाँ रहेको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो। साथै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २६५ रुपैयाँ कायम गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/