Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

साताभर उतारचढावपछि सुनको मूल्य २९ सयले बढ्यो

काठमाडौं – नेपाली बजारमा यो साता सुनको मूल्यमा उल्लेखनीय उतारचढाव देखिएको छ। साताको सुरुवात स्थिर रहेको मूल्य अन्त्यतिर बढ्दै समग्रमा प्रतितोला २ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ। साताको पहिलो कारोबार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपाली बजारमा यो साता सुनको मूल्यमा उल्लेखनीय उतारचढाव देखिएको छ। साताको सुरुवात स्थिर रहेको मूल्य अन्त्यतिर बढ्दै समग्रमा प्रतितोला २ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ।

साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भयो। तर सोमबार बजारमा गिरावट देखिँदा सुनको मूल्य २ हजार ६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४ सय रुपैयाँमा झर्‍यो।

मंगलबार सामान्य सुधार हुँदै मूल्य ४ सय रुपैयाँले बढेर २ लाख ९१ हजार ८ सय रुपैयाँ पुग्यो। बुधबार भने उल्लेखनीय वृद्धि देखिँदै ७ हजार २ सय रुपैयाँले उकालो लागेर प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भयो।

यद्यपि, बिहीबार पुनः गिरावट आएर सुनको मूल्य ४ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार ७ सय रुपैयाँमा झर्‍यो। साताको अन्तिम दिन शुक्रबार भने बजार फेरि उकालो लाग्दै २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ।

यसरी साताभरको उतारचढावपछि नेपाली बजारमा सुनको मूल्य समग्रमा २ हजार ९ सय रुपैयाँले बढेको देखिएको छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरमा भएको परिवर्तनले सुनको मूल्यमा यस्तो उतारचढाव देखिएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/