Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको नयाँ मूल्यअनुसार सुनको मूल्यमा सामान्य वृद्धि भएको हो। महासङ्घका अनुसार सोमबारका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको नयाँ मूल्यअनुसार सुनको मूल्यमा सामान्य वृद्धि भएको हो।

महासङ्घका अनुसार सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो। यससँगै आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला ५ हजार २७० रुपैयाँ कायम गरिएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार २७५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, मुद्रा विनिमय दर तथा माग–आपूर्तिको अवस्थाका आधारमा नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको महासङ्घले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/