बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बाढी पहिरोका कारण तीन प्रमुख सडकखण्ड अझै अवरुद्ध

काठमाडौं — बाढीपहिरोका कारण रसुवा, मनाङ र म्याग्दीका तीन प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यी जिल्लाका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित भएको छ। रसुवा र नुवाकोट हुँदै रसुवागढी नाका…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — बाढीपहिरोका कारण रसुवा, मनाङ र म्याग्दीका तीन प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यी जिल्लाका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित भएको छ।

रसुवा र नुवाकोट हुँदै रसुवागढी नाका जोड्ने पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली बजार र बेत्रावती बजार हुँदै रसुवागढीतर्फ जाने सडकको अधिकांश भाग कटान गरेपछि राजमार्ग सञ्चालनमा आउन सकेको छैन।

स्याफ्रुबेंसीसम्म पुग्न भने वैकल्पिक मार्ग सञ्चालनमा रहेको छ। काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–किलो–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसीसम्म पुग्न सकिने जनाइएको छ। यो मार्ग सिंगल लेनको कच्ची सडक हो।

यसैगरी मनाङको बेँसीसहर–खाङसार सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। असोज ९ गते रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सडक अवरुद्ध भएको हो। म्याग्दीको बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध छ। असोज १० गते बिहान रघुगंगा गाउँपालिका–२ बैसरीमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *