बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पहिरोले चामे-बेँसीसहर सडक अवरुद्ध

काठमाडौं — हिमाली जिल्ला मनाङको लाइफलाइन रहेको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ । नासो गाउँपालिका–३ खोत्रोमा आज ढुङ्गासहित खसेको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — हिमाली जिल्ला मनाङको लाइफलाइन रहेको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ ।

नासो गाउँपालिका–३ खोत्रोमा आज ढुङ्गासहित खसेको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बुधबार दिनभर पहिरो हटाउने प्रयास गर्दा पनि नसकिएको जानकारी दिए ।

‘माथिबाट चट्टान बीच सडकमा खसेकाले हटाउन सम्भव भएन, नेपाली सेनालगायतका सुरक्षाकर्मीको सहयोगमा विष्फोटक पदार्थ प्रयोग गरेर सडक खुलाउने प्रयासमा छौं,’ उनले भने ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टले ड्रिलिङ गरेर सडक खुलाउने काम भइरहेको बताए । अन्य ठाउँमा गएको पहिरो भने हटाइएको उनले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *