Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दुइ तिहाइमा बन्ने रास्वपा सरकारको लागि नेपालको कृषि उद्योग: अवसर, चुनौती र सम्भावना

नेपालको संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी ले दुई तिहाइ बहुमत प्राप्त गर्दै सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेपछि देशको आर्थिक संरचना परिवर्तन गर्ने ठूलो सम्भावना रहेको छ। नेपालमा कृषि क्षेत्र परम्परागत रूपमा मात्र अर्थतन्त्रको…


विज्ञापनAdvertisement Banner
5 min read

नेपालको संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी ले दुई तिहाइ बहुमत प्राप्त गर्दै सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेपछि देशको आर्थिक संरचना परिवर्तन गर्ने ठूलो सम्भावना रहेको छ। नेपालमा कृषि क्षेत्र परम्परागत रूपमा मात्र अर्थतन्त्रको आधारको रूपमा रहेको छ । यसलाई व्यवस्थित उद्योगको रुपमा विकास गर्न तीतिगत व्यवस्था, आधुनिकिकरण र व्यवसायिकरण अनिवार्य शर्त हुनु । दुइ तिहाई बहुमत प्राप्त सरकारले यसलाई अवसरको रुपमा लिदै स्पस्ट नीतिगत व्यवस्था गर्न सक्मा मात्र वास्तविक अर्थमा कृषिमा क्रान्ती को सम्भावना रहन्छ ।

कृषिमा अझै पनि उत्पादन कम, बजार अस्थिर, प्रशोधन उद्योगको कमी र नीतिगत अस्पष्टता जस्ता समस्या छन्। तर सही नीति, आधुनिक प्रविधि, स्पष्ट कानुनी व्यवस्था र निजी क्षेत्रको सहकार्य भएमा नेपालको कृषि क्षेत्रलाई उच्च उत्पादन, रोजगारी सिर्जना निर्यातमुखी उद्योग बनाउने सम्भावना अत्यन्त ठूलो छ।

नेपालको कृषि क्षेत्रको विशाल सम्भावना

१. विविध भू–भाग जलवायु

नेपालको भौगोलिक विविधता कृषि क्षेत्रको सबैभन्दा ठूलो शक्ति हो। हिमाल, पहाड र तराईको फरक–फरक जलवायुका कारण तराई क्षेत्रमा धान, गहुँ, मकै र तरकारी, पहाडी क्षेत्रमा फलफूल, अदुवा, कफी र मसला हिमाली क्षेत्रमा जडीबुटी र उच्च मूल्यका औषधीय उत्पादन लगायतका विविध उत्पादन गर्न सकिने प्रचुर सम्भावना रहेको छ । यदि सरकारले क्षेत्रअनुसार विशेष कृषि उत्पादन क्षेत्र  विकास गर्‍यो भने उत्पादन उल्लेखनीय रूपमा बढ्न सक्छ।

२. जैविक कृषि को अन्तर्राष्ट्रिय बजार

विश्व बजारमा जैविक उत्पादनको माग तीव्र गतिमा बढिरहेको छ। नेपालमा अझै पनि धेरै कृषि उत्पादन कम रसायन प्रयोगमा आधारित छन्। नेपालले चिया, कफी, अलैंची, जडीबुटी, अदुवा लगायतका उत्पादनलाई  जैविक ब्रान्डिङ गरेर निर्यात गर्न आधार तयार गर्न सके एकातिर रोजगारी सिर्जना हुन्छ भने अर्कोतिर अर्थतन्त्र सुधारमा उल्लेख्य योगदान पुग्दछ ।

 

 

 

३. युवाशक्ति कृषि उद्यम

नेपालका धेरै युवा विदेशमा काम गरिरहेका छन् भने कतिपय गरेर फर्किएका छन्। उनीहरूसँग पूँजी, सीप र नयाँ सोच छ। यदि सरकारले स्पष्ट नीति र सहुलियत कार्यक्रम ल्यायो भने युवाहरूलाई एग्री–स्टार्टअप, कृषि प्रशोधन उद्योग आधुनिक खेती तर्फ आकर्षित गर्न सकिन्छ।

कानुनी तथा संरचनागत चुनौतीहरू

१. जमिन सम्बन्धी जटिलता

नेपालमा कृषि उद्योग विकासमा सबैभन्दा ठूलो बाधा जमिनको टुक्रिकरण हो।

समस्या:

  • साना–साना जमिनका टुक्रा
  • दीर्घकालीन लिज प्रणाली स्पष्ट छैन
  • ठूलो परियोजनाका लागि पर्याप्त जमिन उपलब्ध हुँदैन

समाधान:

  • ल्याण्ड बैँक प्रणाली लागू गर्नु
  • कृषि उद्योगका लागि दीर्घकालीन लिज नीति बनाउनु

 

२. बजार संरचना कमजोर

बिचौलियाको प्रभाव, व्यवस्थित बजारको अभाव कोल्ड स्टोरेज र भण्डारणको कमी जस्ता समस्याले गर्दा नेपालका किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउन सकिरहेका छैनन्। जसका लागि डिजिटल कृषि बजार प्लेटफर्म निर्माण गर्नु जस्ता उपाय अपनाउन सकिन्छ ।

३. नीति अस्थिरता

नेपालमा सरकार परिवर्तनसँगै कृषि नीति पनि बारम्बार बदलिन्छ। यसले दीर्घकालीन लगानीलाई निरुत्साहित गर्छ। जसका लागि १०–२० वर्षको राष्ट्रिय कृषि रणनीति तयार गर्नु ,निजी क्षेत्र र सहकारीसँग सहकार्य बढाउनु जस्ता उपाय अपनाउन सकिन्छ ।

 

कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्ने रणनीति

१. कृषि औद्योगिकीकरण

कृषि उत्पादनलाई मात्र नभई प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ निर्यातसँग जोडेर मूल्य शृङ्खला विकास गर्नुपर्छ। उदाहरण को लागि दूध  बाट डेरी उद्योग, फलफूल बाट जुस उद्योग,, जडीबुटी बाट औषधि उद्योग सञ्चालनमा ल्याई  कृषि उत्पादनको मूल्य बढाउन सकिन्छ । ।

२. कृषि विशेष आर्थिक क्षेत्र

सरकारले कृषि विशेष आर्थिक क्षेत्र स्थापना गर्न सक्छ जहाँ  कृषि पूर्वाधार विकासको रुपमा प्रशोधन उद्योग, कोल्ड स्टोरेज, निर्यात केन्द्र, अनुसन्धान केन्द्र निर्माणको लागि कृषि क्षेत्रमा ठूलो लगानी आकर्षित गर्न सक्छ।

३. आधुनिक प्रविधिको प्रयोग

उत्पादन वृद्धि गर्न आधुनिक प्रविधि आवश्यक छ। ड्रिप इरिगेसन, ग्रीनहाउस खेती, कृषि ड्रोन, डिजिटल कृषि डेटा प्रणाली लगायतमा ध्यान दिन सके कृषि उद्योगमा ठुलो क्रान्ति आउने देखिन्छ ।

४. कृषि वित्त लगानी

कृषि उद्योगलाई विस्तार गर्न बैंकिङ प्रणाली सँग सहकार्य गर्दै कृषि स्टार्टअप फण्ड, सहुलियत ब्याजदरमा ऋण, कृषि बीमा प्रणाली कृषि क्षेत्रलाई सुरक्षित र आकर्षक बनाउन सकिने कुरामा दुइ मत छैन ।

नेपालको कृषि क्षेत्रलाई सही नीति, प्रविधि, कानुनी सुधार र बजार संरचना विकासमार्फत एक बलियो औद्योगिक क्षेत्र बनाउने सम्भावना अत्यन्त ठूलो छ।

राष्ट्रिय स्वतन्त्र पार्टी को नेतृत्वमा बन्ने दुइ तिहाइको सरकारले यदि कृषि क्षेत्रलाई उद्योगको रूपमा विकास गर्ने स्पष्ट रणनीति लागू गर्‍यो भने यसले लाखौँ रोजगारी सिर्जना गर्न सक्छ, ग्रामीण अर्थतन्त्र बलियो बनाउन सक्छ र नेपाललाई कृषि निर्यात गर्ने राष्ट्र बनाउने मार्ग खोल्न सक्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/