२५ माघ, मुम्बई। नेपालले आईसीसी टी२० विश्वकपमा आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको साँघुरो हार झेलेको छ। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा...