Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

होर्मुज खुल्ने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य मार्चयताकै न्यून

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका उपपरराष्ट्रमन्त्रीबीच युद्ध अन्त्य तथा स्ट्रेट अफ होर्मुजमार्फत समुद्री यातायात पुनः सञ्चालन गर्ने प्रारम्भिक समझदारी बनेको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका उपपरराष्ट्रमन्त्रीबीच युद्ध अन्त्य तथा स्ट्रेट अफ होर्मुजमार्फत समुद्री यातायात पुनः सञ्चालन गर्ने प्रारम्भिक समझदारी बनेको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ।

सोमबार कारोबारको सुरुवातमै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३.५८ डलर अर्थात् ४.१० प्रतिशतले घटेर ८३.७५ डलरमा झरेको छ। यो मूल्य गत मार्च महिनापछिकै सबैभन्दा न्यून स्तर हो। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) तेलको मूल्य पनि प्रतिब्यारेल ४.०१ डलर अर्थात् ४.७२ प्रतिशतले घट्दै ८०.८७ डलरमा कायम भएको छ।

पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको अवस्थामा अमेरिका र इरानबीच आगामी शुक्रबार स्विट्जरल्यान्डमा एक समझदारीपत्रमा हस्ताक्षर हुने तयारी रहेको बताइएको छ। राष्ट्रपति ट्रम्पले स्ट्रेट अफ होर्मुज अब कुनै अतिरिक्त शुल्कबिना खुला रहने र इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य हुने जानकारी दिएका छन्।

इरानको मेहर समाचार एजेन्सीका अनुसार तयार पारिएको सम्झौताको मस्यौदामा इरानी व्यवस्थापनअन्तर्गत ३० दिनभित्र स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ।

बजार विश्लेषकहरूका अनुसार तेल आपूर्तिमा सुधार आउने अपेक्षाले लगानीकर्ताको मनोबल बढाएको छ। केसीएम ट्रेडका प्रमुख बजार विश्लेषक टिम वाटररले युद्धका कारण थपिएको भूराजनीतिक जोखिमको मूल्य अब क्रमशः घट्दै गएको बताए। उनका अनुसार तेल आपूर्ति पुरानै अवस्थामा फर्किने सम्भावनाले बजारमा सकारात्मक प्रभाव पारेको छ।

विश्वको कुल तेल तथा तरल प्राकृतिक ग्यास आपूर्तिको करिब पाँचौँ हिस्सा ओगट्ने होर्मुज जलडमरूमध्य तीन महिनाभन्दा बढी समयदेखि युद्धका कारण प्रभावित हुँदा विश्व बजारमा लाखौँ ब्यारेल तेल र ग्यासको आपूर्ति अवरुद्ध भएको थियो।

विश्लेषकहरूले भने पश्चिम एसियाली उत्पादकहरूले उत्पादन र निर्यात पुनः सुरु गर्ने गति तथा समुद्री मार्गमा जहाजको आवागमन सामान्य हुन कति समय लाग्छ भन्ने विषय अझै महत्वपूर्ण रहेको बताएका छन्। कमोडिटिज रणनीतिकार विवेक धरका अनुसार होर्मुजमार्फत हुने तेल प्रवाह युद्धपूर्वको ६० देखि ७० प्रतिशत स्तरमा पुगे मात्रै पनि बजारलाई स्थायित्व दिन पर्याप्त हुनेछ।

यता इरानका उपपरराष्ट्रमन्त्री काजेम गरबाबादीले ६० दिने युद्धविराम अवधिमा थप व्यापक सम्झौताका लागि वार्ता जारी रहने बताएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/